मोरङ ३ (१) मा मानबहादुर लिम्बूको मनोनयन


२४ कार्तिक २०७९, बिहीबार
man1 Rwb93IOrIt

मोरङ । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि नेपाली कांग्रेसका तर्फबाट बेलबारी–८ का मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।

उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।
लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । लिम्बूले उम्मेदवारी दिएसँगै अब एमालेबाट उम्मेदवार बनेका दिलीप राईसँग उनले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७