शेयर बजार २३.५२ अंकले घट्यो, कसको कारोबार कस्तो ?


२४ कार्तिक २०७९, बिहीबार
share market 1

काठमाडौं । शेयर बजार बिहीबार २३.५२ अंक (१.२३ प्रतिशत) ले घटेको छ । बुधबार २ प्रतिशतले घटेको शेयर बजार परिसूचक नेप्से बिहीबार २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा पुगेर रोकिएको छ ।

सबै समूहको शेयर बजार घटेर राताम्मै भएकोमा माइक्रोफाइनान्स ५०.५७, जीवन बिमा ६९.७७, विकास बैंक ४८.१, हाइड्रो पावर ४१.१८, होटल तथा पर्यटन २८.२, अन्य ३३.५७ ले घटेको छ । ट्रेडिङ २१.७८, निर्जीवन बिमा ८८.५४ अंकले ओरालो लागेको छ । १८५ कम्पनीको कारोबार हुँदा १३ कम्पनीमा मात्र सुधार आएको र १७१ कम्पनीमा भने आरालो लागे र एक कम्पनी मात्र स्थिर रहेको छ ।

नेपाल स्कट एक्सचेन्जका अनुसार ३१ लाख १४ हजार कित्ता शेयर किनबेच हुँदा एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ बढीमा कारोबार भएको छ । सबैभन्दा धेरै शिभम सिमेन्ट १० करोड २२ लाख ३५ हजार बढी रुपैयाँको शेयर किनबेच भयो । मन्दाकीनी हाइड्रोपावरको शेयर ३.९२ प्रतिशतले, सिन्धु विकास बैंकको २.७७ प्रतिशत घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७