क्रिकेटर शक्ति गौचनले जुनियर स्टार क्रिकेट लिग गर्ने


२४ कार्तिक २०७९, बिहीबार
shakti g pp1.jpg

भैरहवा । क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले बुधबारदेखि रुपन्देहीमा जुनियर स्टार क्रिकेट लिग २०७९ गर्ने भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको गौचनले बताए ।

देवदहस्थित क्रिकेट मैदानमा हुने कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । रुपन्देही क्रिकेट खेलको उवर्भरभूमि भएको दाबी गर्दै उनले लामो समयको तयारी गरी खेलाडी छनोट पूरा गरी टिम तयार गरेको बताए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको पुरस्कार तथा स्थानीय विद्यालयबाट खेलाडीको ड्रेस सहयोग भएको उनले बताए । स्थानीय पालिकाबाट प्रत्येक टिमको २० खेलाडी छनोट गरेको उनको भनाइ छ । ४० ओभरको खेलमा खेलाडीहरू आफ्नो ब्याटिङ र बलिङको प्रदर्शन गर्ने राम्रो अवसर पाउने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी विद्यागत रूपमा उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाइटन्स, बुटवल युनाइटेड, देवदह ड्रागन र जिबीआईसिए सैनामैना गरी ६ टिम बीचमा खेल हुनेछन् । बुधबार उद्घाटन खेलमा देवदह ड्रागन र जिबिआईसिए सैनामैना खेल्ने छन । प्रतियोगिताको अनुमानित खर्च पाँच लाख रुपैयाँ रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७