बेलायतका नर्सहरू तलब वृद्धिको माग गर्दै इतिहासमै पहिलो पटक हडतालमा


२४ कार्तिक २०७९, बिहीबार
nurse london

काठमाडौं । बेलायतका दशौं हजार नर्सहरू पहिलो पटक महँगी अनुरूपको तलब वृद्धिको माग गर्दै हडतालमा जाने भएका छन् । देशका अधिकांश राज्य–सञ्चालित ‘नेसनल हेल्थ सर्विस (एनएचएस) सँग आबद्ध नर्सहरूले हडतालको पक्षमा मतदान गरेको ब्रिटिस नर्सहरूको आधिकारिक ट्रेड युनियन ‘रोयल कलेज अफ नर्सिङ (आरसीएन)’ ले बुधवार जानकारी दिएको छ ।

तीन लाखभन्दा बढी सदस्य भएको आरसीएनले हडताल यही वर्षको अन्त्यतिर सुरु हुने बतायो । ‘आक्रोशहरु संघर्षमा बदलिएको छ – हाम्रा सदस्यहरूलाई अब त अति भयो भन्ने परेको छ,’ आरसीएनका महासचिव प्याट कुलेनले एक वक्तव्यमा भने,‘ यो कदम नर्सका अतिरिक्त विरामीहरुको पक्षमा पनि हुनेछ । स्वास्थ्य गुणस्तरमा निक्कै ¥हास आइसकेको छ ।’

पछिल्लो १० वर्षमा एनएचएसका नर्सहरूको तलबमा वास्तविक मुल्यमा २० प्रतिशतसम्म ह«ास भएको छ । यसले गर्दा ती सदस्य जीवनयापन गर्न कठिन भएको आरसीएनको दाबी छ । नर्सहरूको युनियन आरसीएनले मुद्रास्फीतिभन्दा ५ प्रतिशत बढी तलब वृद्धि गर्नुपर्ने माग गरेको छ ।

यसअघि एनएचएसका अधिकारीहरुले पनि नर्सहरूले आफ्ना बच्चाहरूलाई खुवाउन र पहिरन दिलाउन खाजा छाड्नुपर्ने स्थिति आएको बताएका थिए । साथै बढ्दो यातायात खर्च वहन गर्न अहिलेको तलबले गा¥हो पर्ने तिनको भनाई थियो । इङ्गल्याण्डका अस्पतालहरूको प्रतिनिधित्व गर्ने ‘एनएचएस प्रोभाईडर’का अनुसार देशका चारमध्ये एक अस्पतालले तिनका स्टाफको सहयोगार्थ सहुलियतको ‘फूड बैंक’ स्थापना गरेका छन् ।

बेलायतमा यो वर्ष महँगी अनुरूपको ज्याला वृद्धिको माग राख्दै रेल श्रमिकदेखि कानूनकर्मीसम्म हडतालमा उत्रिएका छन् । बेलायतमा अहिले मुद्रास्फिर्तीको दर १० प्रतिशत छ भने ऊर्जा लागत पनि निरन्तर बढिरहेको छ । नर्सहरु घोषणा अनुरूप हडतालमा उत्रिए भने पहिले नै न्यून लगानी, स्टाफको अभावको सामना गरिरहेको स्वास्थ्य प्रणालीमा ठुलो अवरोध खडा हुनेछ
प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले हडतालका चर्चाबीच बुधवार पत्रकारहरूलाई सरकार नर्सको ‘महत्वपूर्ण भूमिका’ प्रति संवेदनशिल भए पनि आरसीएन कार्यान्वयन गर्न हुने बताएका छन् । आरसीएनको माग कार्यान्वयन गर्न १० अर्ब २५ करोड डलर खर्च हुने अनुमान छ ।

विश्वमै उदाहरणीय मानिने बेलायतको स्वास्थ्य प्रणाली प्रदायक एनएचएसले सन् १९४८ देखि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । तर पछिल्लो समय कन्जरभेटिभ सरकारको बेवास्तामा पर्दा उमाथि खर्चको उच्च दबाब परिरहेको छ । साथै विभिन्न उपचारको लागि पखाइको समय लामो बनिरहेको छ । आरसीएनका अनुसार पेशामा कायम उच्च दबाबका कारण गत वर्ष २५ हजार एनएचएसकर्मीले काम छाडे ।–अल–जजिरा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७