नेकपाको एकता प्रचण्ड आफैले तोडेका हुन् : ओली


२४ कार्तिक २०७९, बिहीबार
Kp oli jhapa 1 scaled
फाइल फोटो

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘प्रचण्ड’ ले नेकपाको एकता तोडेको आरोप लगाएका छन् । आज (बिहीबार) गृह जिल्ला झापा क्षेत्र नम्बर ४ शिवगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एकै ठाँउमा बस्न नसक्ने प्रचण्डको चुलबुले बानीका कारण नेकपाको एकता तोडेको आरोप लगाएका हुन् ।

पार्टी एकीकरण गरिसकेपछि एकतवद्ध पार्टीमा बसेर देश बनाउनु पर्नेमा केही कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैंसँग लगेको बताए । उनले माओवादीका केही नेताहरूले पार्टीलाई पारिवारिक चंगोल बनाएको तर्क गरे ।

अध्यक्ष ओलीले एमालेको देश बनाउने बाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै गठबन्धन छाडेर एमालेमा आउन कांग्रेस र माओवादीका नेता–कार्यकर्तालाई आग्रह गरे । त्यस्तै ओलीले एमालेले अघि बढाएको विकासको अभियानलाई अघि बढाउन आगामी निर्वाचनमा जित्नै पर्ने र पाँच वर्ष देश बनाएरै छाड्ने जिकिर गरे ।

ओलीले नेपाल जस्तो देश गरिबी हुनुपर्ने कुनै कारण नै नरहेकाले एमाले सरकारले समृद्ध बनाउने दावी गरेका छन् । यस पटकको निर्वाचनमा केही सिटमा राप्रपासँग भएको तालमेलको सहमतिलाई कार्यान्वयन गर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७