२० लाख बढी भ्रष्टाचार आरोपमा तत्कालीन गाविस अध्यक्षसहित सात जनाविरुद्ध मुद्दा


२४ कार्तिक २०७९, बिहीबार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृतलगायत सात जनाले सरकारी सम्पत्तिमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गाविस अध्यक्ष हिरा केवट, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुबोधराज भट्टराई, व्यवसायीक माछा व्लक सञ्चालक समिति अध्यक्ष उमेश केवट, सचिव नरेन्द्र चौधरी र सहानी सः मिल सञ्चालक दुर्गावती केवटले प्रधानमन्त्री कृषि आधुनिकरणको रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।

उनीहरुले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण र मोटरसाइकल खरिदलगायतमा परेको उजुरीका आधारमा गरेको अनुसन्धानपछि अदालतमा विगो दावीसहित आरोपपत्र दायर गरेको हो । उनीहरुबाट प्रतिव्यक्ति २० लाख ७५ हजार विगो मागदावी गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७