कलाकार जेरी र शंकरबीच सम्बन्धविच्छेद


२४ कार्तिक २०७९, बिहीबार
Jeri shankar

काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रका चर्चित कलाकार बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौँ जिल्ला अदालत पुगेर बिहीबार औपचारिक रुपमै यी जोडीले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।

सम्बन्धविच्छेदलाई सहमतिमै टुंग्याएको गायिका बबिताले सामाजिक सञ्जालमाफत् बताएकी छन् । बबिता र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मत भिन्नता भएपछि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७