रणवीर र आलियाको छोरीलाई भेट्न रोक


२०७९ कार्तिक २४ बिहीबार ०७:२४ बजे

मुम्बई । गत ६ नोभेम्बरमा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छोरीको आमा–बाबु बनेपछि कपुर परिवारमा खुशीयाली छाएको छ । आलिया बिहीबार मात्र अस्पतालबाट डिस्चार्ज भई रणवीरको घर पुगेकी छन् ।

आलिया र रणवीरकी छोरीलाई भेट्न कैयौं पाहुना अस्पतालमा पुगे पनि उनीहरूलाई छोरीलाई भेट्न प्रशासनले अनुमति दिएन । कपुर परिवारले छोरीको तस्बिर कसैले खिच्न नपाउन् भनेर यो निर्णय लिएका हुन् ।

‘रणवीर र आलिया आफ्नी छोरीको तस्बिर इन्टरनेटमा नआओस् भन्ने चाहन्छन् । छोरी अहिले सानी भएकीले उनलाई इन्फेक्सनको खतरा पनि उत्तिकै छ । त्यही कारण पाहुनालाई छोरीसँग भेट गर्न रोक लगाइएको छ । प्रत्येक पाहुनालाई कोभिड–१९ नेगेटिभ सर्टिफिकेट देखाउन पनि सम्भव छैन । यो राम्रो पनि हुँदैन’, कपुर निकट स्रोतले भनेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७