पहाडी भू–भागमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना


२५ कार्तिक २०७९, शुक्रबार
snowfall

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

शनिबार प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७