रियलले बार्सासँगको दूरी घटायो


२५ कार्तिक २०७९, शुक्रबार
real 1PPIs4c8lU

काठमाडौं । रियल मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी २ अंकमा घटाएको छ । विश्वकपको ब्रेकअघि बिहीबार भएको खेलमा रियलले काडिजलाई २–१ गोलले हराएको हो ।

खेलको ४० औं मिनेटमा टोनी क्रुसको फ्रिककमा हेडमार्फत गोल गर्दै एडर मिलिटाओले रियललाई अग्रता दिलाए । दोस्रो हाफमा क्रुसले पेनाल्टी एरिया बाहिरबाट उत्कृष्ट भलीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर काडिजका लुकास पेरेजले एक गोल फर्काए पनि टोलीले खेलमा पुनरागमन गर्न सकेन ।

१४ खेलपछि बार्साको ३७ अङ्क रहेको छ भने रियलको ३५ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको रियल सोसिडाडको २६ अङ्क रहेको छ । अब विश्वकप नसकेसम्म स्पेनिस ला लिगाका खेलहरू खेलाइने छैन । ३१ डिसेम्बरबाट पुनः लिग खेलहरू सञ्चालन हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७