प्रकाशमानलाई भोट माग्दै बाबुरामले भने, ‘उहाँ योग्य र स्वच्छ हुनुहुन्छ’


२५ कार्तिक २०७९, शुक्रबार
Prakashman and Baburam

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा. बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् ।

काठमाडौं १ मा कांग्रेसका उम्मेदवारसिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे ।

‘अहिलेको निर्वाचन विशिष्ठ छ । सामान्य अवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुन्छ तर, यस पटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाँइ हो । उहाँ योग्य व्यक्ति हुनुहुन्छ । स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ’, उनले भने, ‘हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७