संघीयता देशका लागि घाँडो हो, चाँडै खारेज गर्नुपर्छ : रवीन्द्र मिश्र


२५ कार्तिक २०७९, शुक्रबार
Rabindra Mishra

काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने बताएका हुन् ।

‘संघीयताका बारेमा त मैले भन्ने गरेकै छु, संघीय देशमा आर्थिक रुपमा, सामाजिक रुपमा भूराजनीतिक रुपमा देशको अखण्डताको लागि घाँडो हो, सकभर छिटो खारेज गर्नुपर्छ,’ सभामा उनले भने ।

Rabindra Mishra 1

देश कस्तो बनाउने भन्ने नेतृत्वमा परिकल्पना चाहिने बताएका उनले देशमा भएका भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न सकेमा आर्थिक विकास सम्भव रहेको बताए । भ्रष्टाचार नियन्त्रण भएर सुशासन कायम गर्न सक्ने बाह्य लगानी आउनेसमेत मिश्रको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७