पल शाहलाई सफाइ दिन माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन


२५ कार्तिक २०७९, शुक्रबार
paul shah

काठमाडौं । बाल यौन दुरुपयोगको आरोपमा जिल्ला अदालत नवलपुरले दोषी ठहर गरेका अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार शुक्रबार जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

अभिनेता शाहविरुद्ध बलात्कारको अभियोगमा मुद्दा दर्ता गरेकामा नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुर्व्यवहार कसुरमा साढे २ वर्ष कैद सजाय र १० लाख क्षतिपूर्ति दिनु पर्ने फैसला सुनाएको थियो । तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कारसम्बन्धीकै मुद्दाको फैसला हुन बाँकी छ । यसअघि एक गायिकाले दुवै ठाउँमा शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । ‘नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोग गर्यो भन्ने फैसला गर्‍यो । यो फैसला कानुनसम्मत नभएको हुनाले फैसला उल्टी गरी सफाइ पाउँ भनी हामी उच्च अदालतमा पुनरावेदन गर्न गएका हौं’, वाग्लेले भने ।

पल शाहलाई जबरजस्ती करणीको कसुरमा अभियोग लगाइएको थियो । अदालतले जबरजस्ती करणी गरेको ठहर नभएको भन्दै उक्त अभियोगमा सफाइ दिएको थियो । तर बालबालिकालाई यौन आसयले क्रियाकलाप गरेको भन्दै बाल यौन दुपयोगमा सजाय गरेको थियो । शाहविरुद्ध बलात्कारकै आरोपमा जिल्ला अदालत तनहुँमा पनि मुद्दा दर्ता छ । जिल्ला अदालतमा मंसिर २५ गतेलाई पेशी तोकिएको छ । पल तनहुँको कारागारमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७