चुनावी सभालाई सम्बोधन गर्न ओली पुनः सुदूरपश्चिममा


२६ कार्तिक २०७९, शनिबार
KP Sharma Oli

धनगढी । सुदूरपश्चिमको दार्चुलाबाट चुनावी शभाको शुरु गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली आज (शनिबार) पुनः सुदूरपश्चिम पुगेका छन् ।

गत कात्तिक १८ गते ओलीले दार्चुला, बैतडी र कंचनपुरको चुनावी शभालाई सम्बोधन गरेका थिए । ८ दिनपछि उनी चुनावी शभालाई सम्बोधन गर्न सुदूरपश्चिम आएका हुन् । श्री एयरलाईन्सबाट धनगढी पुगेका ओली दिपायल र कैलालीका चुनावी शभालाई सम्बोधन गर्न हेलिकोप्टर प्रयोग गर्ने छन् ।

अध्यक्ष ओलीले डोटीको दिपायल, कैलाली निर्वाचन क्षेत्र ४ मा रहेको अत्तरिया र कैलाली निर्वाचन क्षेत्र २ रहेको लम्कीको चुनावी शभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीका सचिव धर्मराज पाठकले बताए ।

नेकपा एमालेले महत्वका साथ उठाएको बिषय चुच्चे नक्सा सुदूरपश्चिम प्रदेशको दार्चुलामा पर्छ । नेकपा एमालेको सरकारका पालामा भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेखसहितको भू–भाग समेटेर नक्सा बनाइएको र यो भू–भाग फिर्ता गर्न पनि एमाले सरकार आवश्यक रहेको सन्देश दिन दार्चु्लाबाट चुनावी शभाको आरम्भ गरेको दार्चुलामा सम्बोधनका क्रममा ओलीले भनेका थिए ।

‘पछाडि परेका समुदायका जनतालाई समस्या समाधान गरेर बिकासको मुलधारमा ल्याउने र नेपालको एक इन्च भूमि पनि गुम्न नदिई गुमेको भू–भाग फिर्ता ल्याउने ग्यारेण्टि गर्ने दुई मुख्य कुराको सन्देश दिन दार्चुला बाट प्रचार अभियान प्रारम्भ गरिएको हो’ उनले भनेका थिए । आठ दिनको फरकमा दोश्रो पटक पुन अध्यक्ष ओली सुदूरपश्चिममा आउँदा उनले सुदूरपश्चिमलाई बढी प्राथमिकता किन दिए भनेर चर्चा चलेको छ ।

यस प्रदेशका एमालेका नेता भीम रावललाई टिकट नदिएका अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशमा राम्रो नतिजा निकाल्न बढी प्राथमिकता दिएको विश्लेषण गर्न थालिएको छ । प्रतिनिधीशभामा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम प्रदेशमा वि.सं. २०७४ मा माओवादी केन्द्रसँग गठबन्धन गरेको नेकपा एमालेले ११ सिट जितेको थियो भने माओवादी केन्द्रले ३ निर्वाचन क्षेत्रमा जितेको थियो । नेपाली काग्रेसले १ निर्वाचन क्षेत्रमा मात्र जितेको थियो । डडेल्धुृरामा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव जितेका थिए । यसैगरी कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका रेशमलाल चौधरीले जितेका थिए ।

अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेबाट बिभाजन भएको एकिकृत समाजवादी लगायतको सत्ता गठबन्धनका उम्मेदवारसँग नेकपा एमालेका उम्मेदवार एक्लै प्रतिस्पर्धामा छन् । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेले प्रतिनिधीशभामा १० सिट र प्रदेश शभामा ३० सिट जित्ने दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७