यूएईविरुद्ध बलिङ गर्दै नेपाल, दुई खेलाडीको ‘डेब्यू’


२८ कार्तिक २०७९, सोमबार
rohitkumar poudel nepali young cricketer 20190403005319

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमका नव नियुक्त कप्तान रोहित पौडेलले यूएईविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रियमा टस जितेर फिल्डिङ रोजेका छन् । त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ९ बजेदेखि शुरु हुने खेलबाट रोहितले नेपालको नेतृत्व सम्हाल्दै छन् ।

निवर्तमान कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई निलम्बन गरेको थियो। सन्दीप अहिले पूर्पक्षका लागि थुनामा छन् । सन्दीपको निलम्बनपछि रिक्त रहेको कप्तानको जिम्मेवारी पूर्व उपकप्तान रोहितलाई दिइएको हो ।

315348830 514549430701442 6743306815459142750 n.jpg

रोहितको कप्तानीमा हुन लागेको पहिलो खेलमा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्शन झा, हरिशंकर साह, कुशल भुर्तेल, करण केसी र ललित राजवंशीले प्लेइङ ११ मा स्थान बनाएका छन् । आजको खेलमा दुई खेलाडीले डेब्यू गरेका छन् । नेपालका लागि अर्जुन साउद र हरिशंकर शाहले डेब्यू गरेका हुन् ।

आजको खेलमा जित निकाल्दै नेपाल सिरिजमा सहज शुरुवात गर्ने योजनामा छ । यसअघि नेपालले यूएईसँग ६ एक दिवसीय खेल खेलेको छ । जसमा नेपालले दुई खेलमा जित निकालेको छ भने यूएईले चार खेलमा जित निकालेको छ ।
नेपालले आजदेखि शुरु हुने बाइलाट्रल सिरिजमा तीन खेल खेल्ने छ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय बुधबार र तेस्रो शुक्रबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७