तोसिमा कार्कीको उम्मेदवारी कायम


२८ कार्तिक २०७९, सोमबार
Toshima 2

काठमाडौं । प्रतिनिधिसभा उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ । आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले तोसिमाविरुद्ध मुद्दाको सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको थियो । नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा तोसिमाले नियमित पारिश्रमिक वा आर्थिक लाभ लिएको मान्न नसकिने अन्तरिम आदेशमा भनिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ का उम्मेदवार कार्कीको उम्मेदवारी कायम राख्ने सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । कार्की लाभको पदमा कायमै रहेको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरिदिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

f
f1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७