कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने


२०७९ कार्तिक २८ सोमबार ०८:०० बजे

नुवाकोट । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका एक सय ३२ मतदानस्थलमा कायम गरिएका दुई सय ८८ मतदान केन्द्रमा आठ जनाको दरले कर्मचारी छनोट गरेर आवश्यक तालीमसमेत खटाइएको छ । चुनावका लागी खटाइने कर्मचारीको यसअघि नै छनोट गरेर तालिम प्रदान गरिसकेको छ । मतपत्र सहित २८ प्रकारका निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए ।

उनको अनुसार मतदान केन्द्रमा मतदाता संख्या अनुसार केही स्वंयसेवक राख्नुपर्ने भएकाले त्यसको छनोट गर्ने जिम्मेवारी मतदान अधिकृतलाई दिइएको छ । नुवाकोटमा आगामी मंसिर ४ मा हुने निर्वाचनको लागि दुईवटा प्रतिनिधिसभा र चार वटा प्रदेससभा गरेर छ पदको लागि प्रत्यक्षतर्फ कूल ६३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नुवाकोटमा दुई लाख ३९ हजार सात सय २६ मतदाता रहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७