चुनावपछिको प्रधानमन्त्री देउवा नै हुन्, प्रचण्ड सकारात्मक छन् : कांग्रेस


२०७९ कार्तिक २८ सोमबार ०७:५० बजे

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनपछि सरकारको नेतृत्व स्वभाविक रूपमा कांग्रेसले गर्ने बताएको छ । पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सरकारको नेतृत्व कांग्रेसले गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवा हुने स्पष्ट पारे ।

‘१६५ सिटमध्ये ९१ एक्लैले लडेका छौं । यसबाट स्वभाविक नेतृत्व नेपाली कांग्रेसको हुन्छ । सरकारको नेतृत्व सभापति ज्यूले गर्नु हुन्छ’, उनले भने । उनले गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ पनि शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने विषयमा सकारात्मक रहेको बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७