प्रचण्डको प्रशंसा गर्दै रामचन्द्रले भने, ‘क्रान्ति र शान्ति दुवैको नायक’


२०७९ कार्तिक २८ सोमबार ०७:२७ बजे

गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताए । ‘शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्’, वरिष्ठ नेता पौडेलले भने, ‘प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ ।’ उनले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकताअनुसार प्रचण्डलाई गोरखा पठाएको बताए ।

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यहीँ गठबन्धनले मात्रै अब राष्ट्रलाई समृद्धिको दिशामा लैजाने बताए । ‘हँसिया हथौडासँग डराउनु पर्ने अवस्था छैन’, उनले भने, ‘रुखले हँसिया हथौडालाई भोट हाल्नुस्, यहींबाट राष्ट्रिय एकता सुरु हुन्छ ।’ उनले प्रचण्डले निर्वाचन जितेर गएपछि देशको नेतृत्व गर्नसक्ने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७