मुवाँथाई टोली आज थाइल्याड जाने


२०७९ कार्तिक २९ मंगलबार ११:५७ बजे

काठमाडौं । १७ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडी मंगलबार थाइल्याण्डको पटाया जाने भएका छन् । नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल र महिला ४८ केजीमा डेनिका राईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले बिदाइ गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७