जी–२० शिखर सम्मेलन : युद्ध अन्त्य गर्न इन्डोनेसियाका राष्ट्रपति विडोको आह्वान


२०७९ कार्तिक २९ मंगलबार ०७:०३ बजे

बाली । इन्डोनेसियाका राष्ट्रपति जोको विडोेले विश्वलाई ‘युद्ध अन्त्य गर्न’ र ‘व्यापक मतभेद’ लाई कम गर्न आह्वान गरेका छन् । बालीमा भएको जी २० शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । युक्रेनमा रुसी हमलालाई लिएर भड्किएको असहमति बीच भूराजनीतिक तनावलाई बढाएको छ र खाद्यान्न र विश्वव्यापी रूपमा ऊर्जा मूल्य बढेको छ ।

जी २० सम्मेलन आयोजना गर्न पाउनु इन्डोनेसियाका लागि सम्मानको कुरा भएको बताउदै जोकोवीसमेत भनेर चिनिने विडोडोले भने, ‘यहाँ जिम्मेवार हुनुको अर्थ हामीले युद्ध अन्त्य गर्नुपर्छ । यदि युद्ध समाप्त भएन भने संसारलाई अगाडि बढ्न गाह्रो हुनेछ ।’

जी २० समूहहरू १९ देश र युरोपियन युनियनले रुसलगायत विश्वका २० ठूला अर्थतन्त्रहरूको प्रतिनिधित्व गर्छन् । यसले विश्वको कुल गार्हस्थ्य उत्पादनको ८० प्रतिशतभन्दा बढी र यसको जनसंख्याको ६० प्रतिशत हिस्सा ओगटेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७