थप १४ जनामा कोरोना, सक्रिय संक्रमित ४९१


२९ कार्तिक २०७९, मंगलवार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट १,३३० नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८६४ र एन्टिजेनबाट ४६६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १२ र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार थप २० जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ४९१ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७