विद्यालय जागिर खाने अड्डा मात्रै होइन : शिक्षामन्त्री पोखरेल


२९ चैत्र २०७४, बिहीबार
giriraj mani pokharel

काठमाडौं, २९ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विद्यालयलाई जागिरको खाने अड्डा मात्र नठान्न शिक्षकहरुलाई चेतावनी दिएका छन् ।giriraj mani pokharel

शिक्षक संगठनले बिहीबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षाको मन्दिर जस्तो पवित्रस्थलमा विद्यार्थीको जीवनसँग खेलवाड गर्ने शिक्षकहरुलाई समेत कार्वाही गरिने मन्त्री पोखरेलले चेतावनी दिए ।
‘शिक्षक पेशा जागिर खाने ठाउँ होइन, यहाँबाट बालबालिकाको भविष्य उज्जवल हुन्छ ।

बालबालिकाले विद्यालयबाट शिक्षा प्राप्ति गनुर््को साथै राष्ट्र निर्माण गर्ने पहिलो खुड्किलो पार गर्ने भएको यस पेशालाई खेलवाड नगरौं’, मन्त्री पोखरेलले भने, ‘विद्यालय नजाने, विद्यालय गएर पनि कक्षा कोठामा नजाने, कक्षा कोठामा गएर नपढाउने, शिक्षकहरुको नामावली हामीले प्राप्त गर्ने गरी उपलब्ध गराई दिनुहोस् ।’ शिक्षकमाथि व्यङ्ग्य गर्दै मन्त्री पोखरेलले भने, ‘विद्यार्थीहरुलाई होमवर्क नदिने शिक्षक, शिक्षक नै होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७