युक्रेनमाथिको रुसी हमला बर्बर : बाइडेन


२०७९ कार्तिक ३० बुधबार ०६:५५ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनी नागरिकमाथि गरेको हमलालाई ‘बर्बर’ भनेका छन् । इन्डोनेसियाको बालीमा आयोजित जी २० शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले रुसी हमलाको निन्दा गरेका हुन् । पोल्यान्डमा रुसको एक संदिग्ध क्षेप्यास्त्र प्रहार भइरहेको सन्दर्भमा बाइडेनको भनाइ आएको हो ।

युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको थियो । विष्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् । यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७