शेयर बजार २५.५७ अंकले वृद्धि, कसको कारोबार कस्तो ?


१ मंसिर २०७९, बिहीबार
share Up.

काठमाडौं । शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचकमा १.३४ प्रतिशतले वृद्धि भएको हो । शेयर बजारमा हरियाली छाएसँगै २५.५७ अंकले वृद्धि हुँदै १९३६.८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १.१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो (१३.४०) अंकले वृद्धि भएको थियो ।

४३ लाख ८४ हजार बराबर कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार बढीको कारोबार भएको छ । ८७ कम्पनीको कारोबार हुँदा १७२ कम्पनीमा वृद्धि भएको, १३ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ ।

सबैभन्दा धेरै रिडी पावर कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९७२ र शिभम् सिमेन्टको १३ करोड ४० लाख २७ हजार २८८ रुपैयाँले कारोबार भएको छ । सिक्लेस हाइड्रोपावर १० प्रतिशतले, सयपत्री हाइड्रोपावर ९.९९ प्रतिशत र बोटलर्स नेपालको ७.५१ प्रतिशतले वृद्धि भएको छ ।

सबै उपसूचकहरूमा हरियाली छाएको छ, जसमा सबैभन्दा धेरै हाइड्रोपावरमा ३.१४ प्रतिशतले उकालो लागेको छ । साथै, फाइनान्स, ट्रेडिङ र म्यानुफेक्चरीङ प्रोसेसिङमा २ भन्दा बढी प्रतिशतले वृद्धि भएको र अन्य सबै उपसूचकहरुमा पनि वृद्धि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७