घर–घरमा पिज्जा पुर्‍याउँदै केकी र क्रृचा


२९ चैत्र २०७४, बिहीबार
keki Adikari and Richha Sharma

काठमाडौ, २९ चैत । केकी र चलचित्रकी प्रमुख कलाकार ऋचा शर्मा यतिबेला खाजा बोकेर दर्शकको घर–घर पुगिरहेका छन् । यदी तपाईले ‘फुडमान्डु’ मा केही खाजा अर्डर गर्नुभएको छ भने तपाई सरपराईजमा पर्न सक्नुहुनेछ । कुनै पनि बेला केकी र ऋचा झोलामा तपाईले अर्डर गर्नुभएको खाजा बोकेर घरको ढोका ढकढक्याउन आइपुग्ने छन् ।keki Adikari and Richha Sharma

नायिका तथा निर्मात्री केकी र नायिका ऋचा शर्माले सुरुवातमा राजधानीमा रहेका केही घरहरुमा पिज्जा र्पुयाएका छन् । नायिकाले घरमै पिज्जा र्पुयाउँदा धेरै ‘कस्टुमर’ छक्क परे ।

उनीहरु किन पुगिरहेका छन् त ? भन्दा बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ प्रचार प्रसार पुगेका हुन् । प्रचारमा ‘कोहपुर एक्सप्रेस’ टिमले यस्तो शैली अपनाएका हुन् ।

यी दुई नायिकाले अर्डर बमोजिमको खाजासँगै चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को टिसर्ट उपहार स्वरुप प्रदान गरेका छन् । अभिनेत्री केकीले दर्शकसँग घरमै पुगेर साक्षात्कार गर्दा खुब मज्जा आएको बताइन् । उनी भन्छिन्, ‘हामी जहाँ(जहाँ खाजा लिएर पुग्यौं त्यहाँ हरेकलाई चलचित्रको बारेमा धेरै थाहा रहेछ । खुसी लाग्यो ।’

अभिनेत्री केकी अधिकारी अभिनीत तथा निर्मित चलचित्रका निर्देशक विशाल भण्डारी हुन् । प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । भने चलचित्रको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।

अर्जुन तिवारीको छायांकन रहेको चलचिमा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।

चलचिका गीतमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रससाद बाँस्कोटाको संगीत भरेको छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७