भोजपुर उडेको निगमको जहाज प्राविधिक समस्या आएपछि काठमाडौँ फर्कियो


२ मंसिर २०७९, शुक्रबार
Nepal airlines
फाइल फोटो

काठमाडौँ । काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजमा थर्कने समस्या भएपछि बीचैबाट फर्किएको छ ।

फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाजमा ‘भाइब्रेशन’ अर्थात् थर्किने समस्या देखिएपछि काठमाडौँ नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए । १५ जना यात्रु बोकेर उडिरहेको निगमको विमान उडे लगत्तै समस्या देखिएपछि काठमाडौँ नै फर्किएको उनले बताए ।

निगमको विमान ग्राउन्डेड भएपछि अर्को विमान नहुँदा काठमाडौँबाट भोजपुर जाने र भोजपुरबाट काठमाडौँ फर्कने दुवैतर्फका यात्रु अलपत्र परेका छन् । ट्वीनअटरले भोजपुरपछि फाप्लु र दाङ उडान गर्ने तालिका थियो । यी दुई गन्तव्यका यात्रु पनि अलपत्र परेका छन् ।

अहिले विमान मर्मतको काम भइरहेको प्राधिकरणले जनाएको छ । निगमले ट्वीनअटरले उडान भर्ने भोलि शनिवारको उडान स्थगित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७