अाजकाे राशिफल-वि.सं. २०७४ साल चैत ३० गते।


३० चैत्र २०७४, शुक्रबार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७४ साल चैत ३० गते। शुक्रबार। इश्वी सन् २०१८ अप्रिल १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– द्वादशी, ७:३८ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– पूर्वभाद्रपदा, २७:१९ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– ब्रह्म, २७:५० बजेउप्रान्त ऐन्द्र। करण– तैतिल, ७:३८ बजेदेखि गर, १९:५७ बजेउप्रान्त वणिज। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– कुम्भ, २१:०४ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ५:४४ बजे, सूर्यास्त– १८:२७ बजे र दिनमान ३१ घडी ४७ पला। पञ्चक। प्रदोष व्रत। भक्तपुरमा विश्वध्वजोत्थान। चैत्र मसान्त। वि.सं. २०७४ समाप्ति।

मेष

ic sodiac 2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभदायक यात्रा हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । भौतिक साधन जुटाउने समय छ ।

बृष

ic sodiac 3

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

मिथुन

ic sodiac 4

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक कार्य अघि बढ्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट

ic sodiac 5

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चुनौतीको सामना गर्नुपर्ला । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । घर व्यवहारको समस्याले सताउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।

सिंह

ic sodiac 6

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कन्या

ic sodiac 7

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा सहजता मिल्नेछ । सफल यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला

ic sodiac 8

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

बृश्चिक

ic sodiac 9

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा दुविधा उत्पन्न हुनेछ । साना तिना समस्यामा अल्झिनुपर्नेछ । नजिकका व्यक्तिबाट धोका पाईएला । बन्न लागेको काम विग्रनेछ ।

धनु

ic sodiac 10

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । श्रमको उचित मुल्याङन हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

मकर

ic sodiac 11

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अरुको मन जित्न सकिनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ

ic sodiac 12

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ ।

मीन

ic sodiac 13

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घर व्यवहारको समस्याले सताउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने । समय प्रतिकुल भई कुलतमा मन जानेछ । सरकारी निकाएको भय रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७