निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौं सुनसान {फोटो फिचर}

पछिल्लो तीन दिनमा एक लाख ७८ हजार ५८४ ले छाडे काठमाडौं उपत्यका


३ मंसिर २०७९, शनिबार
ktm chunab 6 afJc26yW89

काठमाडौं । भोलि (आइतबार) हुने आम निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरु बढेसँगै काठमाडौं सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाडौंका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ ।

काठमाडौंको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिए पनि काठमाडौंका भित्रि गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै देखिन्छ । मंसिर ४ गते आइतबार (भोलि) एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासको लागि सक्षम नेतृत्व चयन गर्न बाहिरि जिल्लाहरुबाट काठमाडौं आइ बसोवास गर्नेहरु आफ्नो गृह जिल्ला फर्किंदा काठमाडौं सुनसान बनेको हो ।

त्यस्तै काठमाडौंका सुनसान सडकमा सुरक्षाकर्मीहरुले भने सुरक्षा दिइरहेका छन् । निर्वाचन बिथोल्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरु सुरक्षाको लागि तैनाथ छन् । यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरु धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ । निर्वाचन आयोगले भने निर्वाचन सम्बन्धी सम्पूर्ण तयारीहरु सकिसकेको जनाएको छ । निर्वाचन भोलि बिहान ४ बजेबाट साँझा ५ बजेसम्म हुनेछ ।

निर्वाचनका लागि आज (शनिबार) बिहानसम्म काठमाडौं उपत्यकाबाट एक लाख ७८ हजार ५३४ जना यात्रु बाहिरिएका छन् । आ–आफ्ना जिल्लामा मतदाताहरूलाई लैजान दलहरूबीच प्रतिस्पर्धा चलेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार र शनिबार बिहानसम्म ९ हजार २१७ सवारीमा ६५ हजार १४३ जना यात्रु बाहिरिएका हुन् ।

अधिकांश यात्रुहरू रिजर्भ गाडीमा गएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन् । उनका अनुसार शनिबार साँझसम्म मतदानका लागि यात्रु बाहिरिने छन् । कोटेश्वर, गौशाला, चावहिल, गोंगबु र कलंकी लगायत स्थानमा विभिन्न जिल्ला जाने यात्रुको भीड छ ।

‘सबैभन्दा धेरै यात्रु शुक्रबार र शनिबार बाहिरिएका छन्,’ एसएसपी भट्टले भने, ‘उपत्यका छाड्ने बढेका र सार्वजनिक बिदाले गर्दा उपत्यकामा अघिपछि भन्दा ट्राफिक जाम कम छ ।’ उपत्यकाका सडकमा सवारी चाप कम छ । कम सवारी गुडेको ट्राफिक प्रहरीले जनाएको छ । तस्वीर : न्युज एजेन्सी नेपाल

ktm chunab 4 5RztDYOhHT
ktm chunab 5 ZcPw1Ve5AB 1
ktm chunab 6 afJc26yW89 1
ktm chunab 7 7A0shdQKBi
ktm chunab 9 EHSafF2yaq
ktm chunab 1 NP6oAyg236
ktm chunab 3 hYIVkX4t27

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७