इङल्याण्डसँगको एक दिवसीय श्रृङ्खला अष्ट्रेलियाले जित्यो


३ मंसिर २०७९, शनिबार
AP22323282324139

काठमाडौं । इङल्याण्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला अष्ट्रेलियाले जितेको छ । सिड्नीमा आज भएको दोस्रो खेल ७२ रनले जितेसँगै अष्ट्रेलियाले तीन खेलको श्रृङ्खला एक खेल बाँकी छँदै जितेको हो ।

आज अष्ट्रेलियाले दिएको २८१ रनको लक्ष्य पछ्याएको इङल्याण्ड ३८ ओभर ५ बलमा २०८ रन बनाउँदा अलआउट भयो । इङल्याण्डका साम विलिङले ७१ र जेम्स भिन्सले ७१ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क र एडम जाम्पाले ४÷४ तथा जोस हजलउडले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेट गुमाएर २८० रन बनायो । उसका लागि स्टेभिन स्मिथले ९४, मार्नुस लाबुसेनले ५८ र मिचेल मार्सले ५० रन बनाए । बलिङतर्फ इङल्याण्डका अदिल रसिदले ३ तथा क्रिस वोक्स र डेविड विलीले २÷२ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७