काठमाडौं १ मा प्रकाशमानलाई रविन्द्र मिश्रले उछिने


५ मंसिर २०७९, सोमबार
rabindra mishra prakashman sing

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रबिन्द्र मिश्रले अग्रता लिएका छन् । राप्रपाका मिश्रले दुई हजार ४१७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिए ।

उनलाई पछ्याउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार ३०३ मत पाएका छन् ।
नेकपा (एमाले) का किरण पौडेलले एक हजार ४४१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले एक हजार ३६७ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले एक हजार ६६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ जना स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेद्वार छन् । यो क्षेत्रमा कुल ५२ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७