विश्वकप २०२२ : सेनेगल बिरुद्ध नेदरल्याण्ड्सको जित


५ मंसिर २०७९, सोमबार
netharland vs senegal 1 GpRRrvcIVR

काठमाडौँ । कोडी गाक्पोको निर्णायक गोलमा नेदरल्याण्डस्ले कतार विश्वकपमा विजयी सुरुवात गरेको छ। दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति समुह ए को खेलमा सेनेगललाई २-० ले पराजित गरेको हो।

अतिरिक्त समयको अन्ख्तिम मिनेटमा मेम्फिस डिपेले प्रहार गरेको बल सेनेगलका गोल रक्षक मेन्डीले क्लियर गर्न नसक्दा नेदरल्याण्ड्सले अग्रता दोब्बर पार्यो। खेलको ८४ औँ मिनेटमा गोक्पोले हेडर गोल गर्दै टोलीको जित सुनिश्चित गरे। चोटका कारण मानेले विश्वकप गुमाएपछि सेनेगललाई फिनिसिङमा समस्या भएको हो।

सेनेगलले लगातार नेदरल्याण्ड्सको पोष्टमा आक्रमण गरे पनि नेदरल्याण्ड्सका गोल रक्षक एन्डे«स नोपेटले उत्कृष्ठ बचाउ गरे। ८४ मिनेटसम्म बराबरीमा रोकेको सेनेगलले अन्तिम समयमा पछि परेको हो।
त्यसअघि दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन्। समूह एबाट इक्वेडर र नेदरल्याण्ड्सले समान ३ अंक जोडेका छन्। कतार र सेनेगल अंकबिहिन भएका छन्। सोमबार मध्यराति नै समुह बी को अमेरिकाले वेल्ससँग खेल्नेछ। खेल राति पौने १ बजेपछि सुरु हुनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७