कैलाली क्षेत्र १, २, ३ मा नागरिक उन्मुक्ति, क्षेत्र ४ मा एमाले अगाडि


६ मंसिर २०७९, मंगलवार
Ranjita Chaudhary1668677148

कैलाली । कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जारी मतगणनामा अग्रता लिइरहेका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले चार हजार पाँच सय ७८ मत पाएकी छन् । उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजारसहित पछ्याइरहेका छन् । क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार चारसय ८८ मतसहित अगाडि छन् । उनलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले आठ सय ६६ मतसहित पछ्याइरहेका छन् ।

क्षेत्र ३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै राखेको छ । आज बिहानसम्मको जारी मतगणनामा सो पार्टीका प्रत्यासी गङ्गाराम चौधरीले १३ हजार आठसय ५८ मत प्राप्त गरेकी छन् । उनलाई नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ११ हजार एक सय ६२ मतसहित पछ्याइरहेका छन् ।

निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाएका नेपाली कांग्रेसका बीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले झिनो मतले उछिनेका छन् । कांग्रेसका बलायरले तीन हजार चारसय ७३ मत पाउँदा भट्टले तीन हजार चारसय ९४ मत पाएका छन् ।

निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र)को मतगणना अहिले बिहान ८ बजेबाट गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहमति बन्न नसकेपछि सुरु हुन नसकेपछि यो क्षेत्रको मतगणना ढिलो गरी सुरु हुन लागेको हो । बैठकमा वडातह अनुसारको मतपेटिकाको मत गणना गर्नुपर्ने मागमा सहमति जुट्न सकेको थिएन ।
निर्वाचनको मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि विभिन्न दलका कार्यकर्ताले सोमबार नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७