निर्वाचन परिणामपछि कस्तो सरकार बन्छ, त्यसले गर्नेछ शेयर बजारको दिशा निर्धारण


६ मंसिर २०७९, मंगलवार
share
फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका कारण चार दिनदेखि बन्द रहेको शेयर आज मगलबार खुल्ने भएको छ । चुनावी परिणाम आउँदै गर्दा खुल्ने शेयर बजारले दिने परिणामसँगै सेयर बजारको प्रवृत्तिबारे सर्वसाधारणको चासो छ ।

निर्वाचनअघि शेयर बजार नेप्से परिसुचकमा बढ्दो प्रवृत्ति देखिएको थियो । चुनावपछि पनि त्यहीँ प्रवृत्तिले निरन्तरता पाउने आधार बलियो देखिन्छन् ।

विश्व बजारमै एउटा भाष्य छ, वामपन्थी नेतृत्व शेयर बजार प्रति उद्धार हुँदैनन् । नेपालमा पनि विगतमा शेयर बजारले त्यस्तै प्रवृत्ति देखाउँदै आइरहेको छ । ०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछिको शेयर बजारमा नेप्से घट्ने प्रवृत्ति देखिएको थियो । तत्कालीन समयमा वामपन्थी दलहरुको सरकार बन्ने देखिएपछि लगानीकर्ताको मनोबल कमजोर भई नेप्से खस्किएको टिप्पणी गरिएको थियो ।

तर, यसपालीको मतपरिणाम भने फरक देखिने आकलन भइरहँदा शेयर बजारले कस्तो प्रतिक्रिया देखाउला भने आमचासोको विषय बनेको छ । प्रारम्भिक मतपरिणामलाई आधार लिने हो भने ससदमा कुनै पनि दलको बहुमत नपुग्ने र सरकार अस्थिर रहने सम्भावना रहेको विश्लेषकको आंकलन छ । जुन शेयर बजारका लागि निकै नकारात्मक पक्ष हो । अस्थिर सरकार रहँदा आर्थिक गतिविधिले भन्दा राजनीतिक संक्रमण बढ्ने जोखिमका कारण बजार बढ्दै जानेमा लगानीकर्ता सशकित छन् ।

तर, निर्वाचनपछि बजारमा पैसाको आपूर्ति बढ्ने र तरलता सहज बन्दै गएमा बैकको ब्याजदर घट्ने हुँदा यसले अल्पकालीन रुपमा शेयर बजारलाई बढाउन सघाउ पुर्‍याउने आंकलन गरिएको छ ।

त्यसबाहेक अहिले कर्जाको ब्याजदर बढेर उद्योग, व्यवसायमा मन्दी आइरहेको समयमा नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत निजी क्षेत्रका माग सम्बोधन गर्न कस्तो नीति लिन्छ भनेर लगानीकर्ता केही समयका लागि पर्ख र हेरको स्थितिमा बस्ने पनि आंकलन गरिएको छ । शेयर बजार गत बिहीबार २५.५७ अंकले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको थियो । त्यसयता आज शेयर बजारको पहिलो कारोबार हुन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७