काठमाडौं–४ बाट गगन थापा ७,४४७ बढी मतले विजयी


६ मंसिर २०७९, मंगलवार
gagan thapa yfBUhrogdW

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । केही बेरअघि सम्पन्न मतगणनाको परिणामअनुसार थापाले २१ हजार ३०२ मत पाएका छन् ।

एमाले उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मत पाएका छन् । थापा र भट्टराईबीच मतान्तर ७४ सय ४७ छ । निर्वाचन अधिकृतको कार्यालयले केहीबेरमै थापा विजयी भएको औपचारिक घोषणा गर्ने भएको मतदान अधिकृत शारदा पौडेलले जानकारी दिइन् ।

कांग्रेस महामन्त्री थापा तेस्रो पटक एमालेका भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभामा पुगेका छन् । यस पटक उनले सांसद निर्वाचित भएपछि नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा उठ्ने र प्रधानमन्त्रीको दाबी गर्ने घोषणा गरेका छन् । उनी एक पटक संविधानसभा सदस्यसहित चार पटक संसद् प्रवेश गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७