कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम निर्वाचित


६ मंसिर २०७९, मंगलवार
ganga chaudhari iOJYmcYiOA

कैलाली । कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी (कुन्दन) लाई पाँच हजार ३७१ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।

गंगारामले २३ हजार १२० मत प्राप्त गरेका छन् भने कृष्णकुमार १७ हजार ७४९ मतमा सीमित भए । नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरी नौ हजार ८७४ मतका साथ तेस्रो स्थानमा रहे । एक लाख ७ हजार ६५ जना मतदाता रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा ६३ हजार ४४० मत खसेको थियो । जसमध्ये ५९ हजार ७१९ मत सदर भएको छ भने चार हजार २१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचित भएपछि गंगारामले थारु समुदायमाथि राज्यबाट भएको अन्याय र निर्वाचित भएको क्षेत्रको समग्र विकासका लागि लड्ने प्रतिवद्धता जनाएका छन् । थरुहट आन्दोलन तथा टीकापुर घटनाको पृष्ठभूमिबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै उनले भने, ‘हामी न्यायका लागि चुनावमा होमिएका थियौं । टीकापुर राजबन्दी रिहाइका लागि हो । दोस्रो एजेन्डा विकास र समृद्धि हो ।’

उनले आफ्नो निर्वाचन क्षेत्र बाढी प्रभावित क्षेत्र रहेको बताउँदै अब लगत्तै आफूले यहाँका समस्या र सम्भावनाबारे आमनागरिकसँग सुझाव संकलन गर्ने र त्यसको आधारमा पाँच वर्षे गुरुयोजना बनाइ काम गर्ने बताए । उनले भने, ‘मेरो गाउँ नै प्रत्येक वर्षको बाढीले डुबानमा पर्छ । म आफै पीडित र भुक्तभोगी हुँ ।’ यहाँका किसान, मुक्तकमैया, लोपोन्मुख जाति, समुदाय लगायको उत्थानको लागि पनि काम गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७