सन्धिखर्कको एक मतपेटिकामा भेटियो पत्र : शुरुमा आश्चर्य, पछि बनायो भावुक


७ मंसिर २०७९, बुधबार
5635 Shares
patra

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको एक मतपेटिका खन्याउँदा पत्र भेटिएको छ । गणक दामोदर आचार्यका अनुसार पत्रमा मतदाताले उम्मेदवार चयनप्रति नै असन्तुष्टि जनाएका छन् ।

गणक आचार्यले भने, ‘शुरुमा त खाली मतपत्र भेटिएपछि सबै आश्चर्यचकित भए । पछि पत्र खोलेर हेर्दा भने पत्रले भावुक बनायो । खाली मतपत्रलाई बेरेर राखिएको पत्रमा मतदाताले उम्मेदवारहरूप्रति तीव्र असन्तुष्टी जनाएका छन् । एक पेजको पत्रमा मतदाताले जनताको कालो दिन भनेका छन् ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
asantusta 2.jpg

पटक–पटक परीक्षण भएकाहरूलाई के मत दिनु ? ती मतदाताले यिनै जनप्रतिनिधिबाट जिल्लाको विकास नहुने जनाएका छन् । उनले लेखेका छन्, ‘आगामी निर्वाचनमा सन्धिखर्क नगरपालिकाको नगर प्रमुख पद जितेर कसरी काम गरेन सकिन्छ भनेर आफूले देखाउने दाबी समेत गरेका छन् ।’

ncll 2

उनले थप लेखेका छन्, ‘मत गन्दै गरेको तपाईहरूलाई पनि लागेको होला, कस्तो व्यक्तिको मत गनेर विजयी घोषणा गर्नुपरेको छ ।’ ती मतदाताले सन्धिखर्क–गोरुसिंगे सडक, अस्पताल, कलेज, सन्धिखर्कको जग्गा अतिक्रमण जस्ता विषयमा एक पटक सोच्न सबैलाई अनुरोध गरेका छन् ।

jagdamba.cement

अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको मतगणना चलिरहेको छ । एमालेका सचिव टोपबहादुर रायमाझीले अग्रता लिइरहँदा कांग्रेस नेतृ पुष्पा भुसालले रायमाझीलाई पछ्याइरहेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल तेस्रो स्थानमा छन् । एमाले नेता रायमाझी र कांग्रेस नेतृ भुसाल यसअघि पनि पटक–पटक अर्घाखाँचीबाट निर्वाचित हुँदै आएका छन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७