डीपीएल फाइनल : काठमाडौंलाई धनगढीको १ सय ८२ रनको लक्ष्य (अपडेट)


३० चैत्र २०७४, शुक्रबार
dangadi celebrating

धनगढी, ३० चैत ।  रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) –२को जारी फाइनल खेलमा टीम चौराह धनगढीले काठमाडौं गोल्डेन्सलाई १ सय ८२ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएकाे हाे ।dangadi celebrating

धनगढीका सुनिल धमलाले ७८ रन बनाए । उनले  ६३ बलको सामना गरेका उनले ३ छक्का र ८ चौका प्रहार गरे।

यस्तै रोहन मुस्तफाले ४२ बलमा ६० रनको पारी खेले। सो क्रममा उनले ४ चौका र ४ छक्का प्रहार गरे। सोमपाल कामी ८ रनमा नटआउट रहे। अस्फाक अहमदलाई ४ रन बनाए ।,

दोस्रो विकेटका लागि सुनिल धमला र रोहन मुस्तफाबीच डीपीएलको कीर्तिमानी साझेदारी गरे । ९० बलमा उनीहरुबीच १ सय ४२ रनको साझेदारी भएको हाे।

बलिङतर्फ काठमाडौँका लागि सुबोथ भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए ।अहिले काठमाडौँ गोल्डेन्स १८२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।


रुस्लान भोड्का धनगढी प्रिमियर लिग(डीपीएल) –२ को फाइनल खेलमा काठमाडौं गोल्डेन्स विरुद्ध टीम चौराह धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।


 कसले जित्ला उपाधि ?
रुस्लान भोड्का धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको फाइनल खेल आज हुँदैछ । दिउँसो साढे १२ बजेपछि धनगढीमा सुरु हुने फाइनलमा उपाधिका लागि धनगढी टिम चौराह र काठमाडौं गोल्डेन्स भिड्दैछन् ।dpl final Gynedra malla vs sompal kami

साविक विजेता धनगढी क्वालिफायरमा काठमाडौंलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।त्यस्तै, क्वाालिफायरमा पराजित भए पनि बिहीबार भएको इलिमिनेटरमा कञ्चनपुरलाई हराउँदै काठमाडौंले धनगढीसँगको फाइनल भेट पक्का गरेको हो ।

प्रतियोगितामा काठमाडौं र धनगढीले दुईपटक खेलेकोमा एक–एक खेल जितेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले धनगढीलाई ७ विकेटले हराएको थियो भने प्रतियोगिताको एलिमिनेटरमा काठमाडाैंलाई एक विकेटले हराउँदै धनगढीले बदला लिएको थियो ।
उपाधि विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १० लाखमा चित्त बुझाउनुपर्नेछ ।

काठमाडौं नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा र धनगढीको कप्तान सोमपाल काम छन् । काठमाडौंका कप्तान ज्ञानेन्द्रले बिहीबारको प्रदर्शनले फाइनल जित्ने आत्मविश्वास बढेको बताए ।

खेलमा काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल उत्कृष्ट लयमा छन्। २ सय १८ रन जोड्दै उनी प्रतियोगिताका उच्च स्कोरर हुन्। यस्तै, ओपनर अमित श्रेष्ठ १ सय ८४ रन बनाउँदै शीर्ष स्थानको सुचीमा तेस्रो स्थानमा आफूलाई अटाएका छन्। सुवोध भाटीले महेन्द्रनगरसँग कीर्तिमान राखेसँगै उत्कृष्ट लय कायम राखे काठमाडौं धनगढीविरुद्ध हावी हुन सक्छ। बलिङमा पनि काठमाडौं उत्कृष्ट देखिएको छ। सन्नी पटेल १२ विकट सहित सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् भने राशिद खानले ११ विकेट तथा सहाब आलमले ८ र ललीत राजवंशीले ७ विकेट लिएका छन्।

यस्तै धनगढीका कप्तान सोमपाल कामीले फाइनल खेल्न उत्साहित रहेको भन्दै राम्रो फिनिसिङ गर्ने चाहाना रहेको बताए। ‘काठमाडौंलाई क्वालिफायरमा पराजित गरेकाले उत्साहित त छौं,’ सोमपालले भने, ‘तर, फाइनल विल्कुल फरक हो, उनीहरुलाई रोक्न हामीले बलिङ, ब्याटिङ र फिल्डिंङमा राम्रो गनैपर्छ’

धनगढीका सुनिल धमला र रोहन मुस्तफा राम्रो लयमा छन्। सुनिलले हालसम्म १ सय ५१ रन तथा रोहन मुस्ताफाले अहिले सम्म १ सय ३८ रन बनाएका छन्। मुस्तफा यूएईका कप्तान समेत हुन्। यस्तै बलिङमा ललित सिह भण्डारीले ११, रोहन मुताफा ७ र सुनिल धमलाले ६ विकेट लिएका छन्।

को को छन् टिममा ?
टिम चौराह धनगढी  
कप्तान : सोमपाल कामी
प्रशिक्षक : शेरबहादुर लामा
रोहन मुस्तफा (यूएई),  अस्फाक अहमद (यूएई), सुनिल धमला, ललितसिंह भण्डारी, राजेशपुलामी मगर, शंकर राना, राजु रिजाल, महेश अधिकारी, आंशु कन्दोई, योगेन्द्रसिंह कार्की, विजय राना, शम्शाद शेद, सिद्धान्तराज शाही, सोनु तामाङ

काठमाडौं गोल्डेन्स
कप्तान  : ज्ञानेन्द्र मल्ल
प्रशिक्षक : राजु बस्न्यात
सन्नी पटेल (भारत), सुबोध भाटी (भारत),  सन्जय बस्नेत, सन्तोष भट्ट, किशोर महतो, ललितनारायण राजवंशी, रासिद खान, सहाब आलाम, अमित श्रेष्ठ, विक्रम ठगुन्ना, भुपेन्द्र थापा, पुष्प थापा

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७