बागलुङबाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित


७ मंसिर २०७९, बुधबार
devendra paudel

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री समेत रहेका पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका हुन् ।

पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १८० मत प्राप्त गरिन् । पौडेल र शर्माको मतान्तर ४ हजार ५९९ रहेको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत प्राप्त गर्दै तेस्रो स्थान बनाउन सफल भइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७