विश्वकपमा कोस्टारिका विरुद्ध स्पेनको ७ गोल


८ मंसिर २०७९, बिहीबार
316682197 6654511634564627 5748562652192222193 n
DOHA, QATAR – NOVEMBER 23: Gavi (L) of Spain celebrates with Alejandro Balde after scoring their team’s fifth goal during the FIFA World Cup Qatar 2022 Group E match between Spain and Costa Rica at Al Thumama Stadium on November 23, 2022 in Doha, Qatar. (Photo by Clive Mason/Getty Images)

काठमाडौं । विश्वकप फुटबलमा स्पेनले ऐतिहासिक जित दर्ता गरेको छ। सधैं गोलको खडेरी झेल्दै आएको स्पेनले बुधबार राति कोस्टारिकालाई ७-० ले पराजित गरेको हो।

जारी विश्वकपमा अहिलेसम्म कुनै टिमले विपक्षी टोलीविरूद्ध गरेको यो पहिलो फराकिलो गोल अन्तर हो। स्पेनले पनि पहिलो पल्ट कुनै टोलीलाई यति ठूलो अन्तरले पराजित गरेको हो।

स्पेनको जितमा युवा स्ट्राइकर फेरान टोरेसले २, डानी ओमो, मार्को असेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले १र१ गोल गरे। पहिलो हाफको ३१ मिनेटमा पेनाल्टीबाट गोल गरेका टोरेसले दोस्रो हाफको ५४ मिनेटमा अर्को गोल थपेका थिए।

spain main M0DwOYcDRU 1

स्पेनले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो। उसले दोस्रो हाफमा ४ गोल थप्यो। स्पेनका लागि डानी ओमोले ११ मिनेटमा सुरुवाती सफलता दिलाएका थिए। दोस्रो गोल मार्को असेन्सियोले गरे। तेस्रो र चौथो गोल टोरेसको नाममा रहयो। १८ वर्षको उमेरमा विश्वकपमा डेब्यु गरेका गाभीले ७४ मिनेटमा गोल गरे।

उनी विश्वकपमा कम उमेरमा गोल गर्ने तेस्रो युवा खेलाडी बन्न पुगेका छन्। उनले बुधबार राती स्पेनलाई पाँचौ गोलको सफलता दिलाउने क्रममा १८ वर्ष ११० दिनमा गोल गरेका थिए। यसअघि विश्वकपमा ब्राजिलका पेलेले १७ वर्ष २४९ दिनमा गोल गरेका थिए। मानुअल रोसासले पनि १८ वर्ष ९९ दिनमा गोल गरेका थिए। स्पेनका लागि कार्लोस सोलेरले ९० मिनेटमा र मोराटाले निर्धारित ९० मिनेटपछि थप भएको दोस्रो मिनेटमा गोल गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७