टोफिचु टड्का लिची बजारमा


८ मंसिर २०७९, बिहीबार
Toffichoo

काठमाडौं । टोफिचु टड्का लिची (Toffichoo Tadka Litchi) बजारमा नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा। लि। ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचु अन्तर्गत नयाँ टड्का लिची “टेष्टको नयाँ टिव्स्ट” को नारासहित बजारमा सार्वजनिक गरेको छ ।

टड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ । टोफिचु टड्का लिचीको विक्री मूल्य प्रतिगोटा २।५० रुपैयाँ कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ । टोफिचु टड्का आँप र पाइनएप्पलको स्वादमा उपलब्ध हुँदै आएको छ र लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ ।

टोफिचु टड्का लिची नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध हुनेछन् । टोफिचुका विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन् । हाल टोफिचु अन्तर्गत फ्रुइटी फन, फ्रुइटी डेलाइट, डुओज, क्रीम ल्याक्टो, टड्का ९आँप तथा पाइनएप्पल०, चटपटा फन तथा कोफिटिनो बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७