नेप्से दोहोरो अंकले वृद्धि, ९२ करोडको कारोबार


८ मंसिर २०७९, बिहीबार
share Up.

काठमाडौं । आज (बिहीबार) शेयर बजार ०.६० प्रतिशतले बढेको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले वृद्धि भई १९३३.५५ मा पुगेको छ । यस्तै, शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अंकले बढेर ३८०.९२ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कुल १९० कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता शेयर खरिद बिक्री हुँदा ९२ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

कारोबारको आधारमा साइन रेसुंगा बैंकको सात करोड ६२ लाखभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा एनआइसी एसिया बैंकको कारोबार भएको छ ।

आजको कारोबारमा १ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ । आजको कारोबारमा घलेम्दी हाइड्रोको शेयर भाउ ६.८३ प्रतिशत र आरएमडिसी लघुवित्त वित्तीय संस्था ६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७