धादिङ–१ को प्रदेशसभा–२ मा शालिकराम जम्कट्टेल विजयी


८ मंसिर २०७९, बिहीबार
70 Shares
salikram

धादिङ । धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल विजयी भएका छन् । नेकपा (एमाले) का गजेन्द्र थपलियालाई सात हजार चार सय २५ मतअन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन् ।

यो प्रदेशसभा निर्वाचन क्षेत्रमा कूल ३५ हजार नौ सय पाँच मतगणना हुँदा प्रारम्भिक मतपरिणामअनुसार जम्कट्टेलले १९ हजार नौ सय तीन मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका थपलियाले १२ हजार चार सय ७८ मत प्राप्त गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जम्कट्टेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले बागमती प्रदेश सरकारमा दुई वटा मन्त्रालय सम्हालिसकेका छन् ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७