काभ्रे १ (१) : माओवादी केन्द्रका ढकाल विजयी


८ मंसिर २०७९, बिहीबार
Ratna prasad Dhakal

काभ्रे । प्रदेश सभातर्फ काभ्रेको क्षेत्र नम्बर १(१) मा सत्तारुढ गठबन्धनकातर्फ माओवादी केन्द्रका रत्नप्रसाद ढकाल विजयी भएका छन् ।

ढकालले निकटतम प्रतिद्वन्द्वी एमालेका दिलबहादुर तामाङलाई ९ हजार ४ सय ४२ मतले पछि पार्दै विजयी भएका हुन् ।
ढकालले २० हजार ७ सय २० मत प्राप्त गरे ।

तामाङले ११ हजार २ सय ७८ मत ल्याए । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा क्षेत्र नं १ को प्रदेश (१) मा ३७ हजार ८८ मत खसेको थियो । ढकाल यस अघिको २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७