चुनावकाे अन्तिम नतिजा आइनसक्दै ओलीले किन गरे प्रचण्डलाई फोन ?


८ मंसिर २०७९, बिहीबार
kp oli prachanda 1
फाइल फोटो

काठमाडौं । नेकपा विभाजनपछि पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन् ।

आम निर्वाचनको नतिजा मैजारोतिर अघि बढिरहेका बेला एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग टेलिफोन संवाद गरेका हुन् ।

ओलीले निर्वाचनमा डडेल्धुराबाट विजयी भएका प्रधानमन्त्री देउवा र गोरखा–२ बाट विजयी भएका पूर्व प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना प्रदान गर्न टेलिफोन गरेको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिएका छन् । उनका अनुसार ओलीले देउवालाई हिजो बुधबार साँझ र दाहाललाई आज बिहीबार दिउँसो टेलिफोन गरेका हुन् ।

टेलिफोन संवादका क्रममा देउवासँग शुभकामना साटासाट मात्रै भए पनि प्रचण्डसँग केही राजनीतिक कुराकानी भएको बताइएको छ । कुराकानीका क्रममा ओलीले प्रचण्डलाई आगामी दिनमा मिलेर अगाडि बढ्नु पर्ने सुझाव दिएका छन् ।

प्रचण्डले यसबारे बसेर कुरा गर्नुपर्ने र त्यसका लागि कुनै समस्या नभएको प्रतिक्रिया दिएको बताइएको छ । यद्यपि आफूहरू गठबन्धनमा रहेको भन्दै प्रचण्डले नतिजा आइसकेपछि छलफल गर्नु उपयुक्त हुने धारणा ओलीसमक्ष राखेको स्रोतको भनाइ छ । नेकपा विभाजनपछि दुई अध्यक्षहरुबीच दोहोरो संवाद भएको थिएन । विभाजनपछि ओली र प्रचण्डबीच कुराकानी भएको यो सम्भवतः पहिलो पटक हो । यो संवादलाई नेपाली राजनीतिमा निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७