ओलीले प्रचण्डलाई फोन गरेकाेमा बामदेव गौतम ‘खुशी’


८ मंसिर २०७९, बिहीबार
Bamdev Gautam

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेकोमा खुशी व्यक्त गरेका छन् । चुनावको नतिजा मैजारोतिर अघि बढिरहेका बेला एमाले अध्यक्ष ओलीले प्रचण्डलाई फोन गर्दै सहकार्यको प्रस्ताव गरेका हुन् ।

ओलीको फोन संवादबारे प्रतिक्रिया दिँदै गौतमले ओलीले प्रचण्डलाई गरेको सहकार्यको प्रस्तावलाई ‘दूरदृष्टि’ को संज्ञा दिंदै खुशी व्यक्त गरेका छन् । उनले ओलीको यस कदमलाई धन्यवाद दिएका छन् ।

गौतमले भनेका छन्, ‘कमरेड केपी ओली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीको नेतृत्व गर्दै आफू पनि निर्वाचित हुन सफल हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । यसका साथै कमरेड प्रचण्डसँग सहकार्यका लागि राख्नु भएको दूरदृष्टिपूर्ण प्रस्तावका लागि खुशी व्यक्त गर्दै हार्दिक हार्दिक धन्यवादसहित सफलताको शुभकामना दिन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७