डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित


८ मंसिर २०७९, बिहीबार
dhan bahadur buda

काठमाडौं । डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन् । उनले ११ हजार २२५ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत पाए ।

तेस्रो स्थानमा रहेका राप्रपाका अंगतकुमार बुढाले ६६१ मत पाए । डोल्पाबाट बुढाको यो तेस्रो जित हो । उनी यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि डोल्पाबाटै विजयी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७