शेरधनलाई हराउँदै माओवादीका किराती सांसदमा निर्वाचित


९ मंसिर २०७९, शुक्रबार
Sherdhan Rai Sudhan Kirati

भोजपुर । नेकपा माओवादी केन्द्रका सुदन किराती भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । किराती २८ हजार ५७८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राईले २६ हजार १९३ मत पाए ।

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । यो क्षेत्रबाट ०७४ सालमा सुदन नै निर्वाचित भएका थिए । ०७४ को चुनावमा शेरधन प्रदेश १ सभामा चुनाव लडेका थिए । उनी मुख्यमन्त्री पनि बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७