रामेछाप प्रदेश सभा (१) मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी


९ मंसिर २०७९, शुक्रबार
taranarayan shrestha

रामेछाप । रामेछापको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी भएका छन् । नेकपा (एमाले) का उम्मेदवार शान्तिप्रसाद पौडेललाई १ हजार ९९१ मतले पराजित गर्दै सत्ता गठबन्धनका श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठ १७ हजार १४८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी पौडेलले १५ हजार १५७ मत पारे। श्रेष्ठ २०६४ सालको संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी माओवादी केन्द्र रामेछापको जिल्ला सचिव रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिक्मत बहादुर सुनुवारले ३ हजार ४९५ मत ल्याएर तेस्रो स्थान बनाए भने एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका रमेश बस्नेतले २ हजार ८८ मत ल्याएर पाँचौ बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७