डिएसपी राई ‘पुलिस अफ द मन्थ’ घोषित


९ मंसिर २०७९, शुक्रबार
Raj Kumar Rai
प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राई

सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राई कार्तिक महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै डिएसपी राईलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो ।

विभागीय मुल्य मान्यता, निर्देशनको पालना गरी व्यवसायिक र कर्तव्यनिष्ठ तवरले उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले सम्मान गर्दै आएको छ ।

डिएसपी राई व्यवसायिक र काविल प्रहरी अफिसर मानिन्छन् । यसअघि जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रमुखको रुपमा पनि उनले उत्कृष्ट काम गरेको भन्दै स्थानीयहरुले प्रशंसा गरेका थिए ।

त्यसअघि इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ, प्रहरी प्रभाग बुठानिलकण्ठ, काठमाडौंको प्रमुखको रुपमा पनि उत्कृष्ट काम गरेका थिए ।

Milan Thapa
मिलन थापा

यसैगरी राईसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) मिलन थापालाई पनि ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

दमक १० बस्ने १५ बर्षीय दियुष श्रेष्ठ र उर्लाबारी–८ का ४२ बर्षीय काजी दर्जीलाई धारिलो हतियार प्रहार गरी मृत्यु भएको छुट्टा छुट्टै घटनाहरुमा अभियुक्तहरुको पहिचान तथा पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएको भन्दै थापालाई सम्मान गरिएको हो । थापा ईलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७